Thursday, March 26, 2009

शान्तिको गीत !!

आउ म तिमीलाई गाउन सिकाउँछु
मानव सभ्यतामा बज्न छोडेका धुनहरु
त्याहाँ पाउने छैनउ अनुदार शब्दहरु
मानवले मानवलाई नै सुम्पिने निरासाहरु
आउ तिमीलाई म गाउन सिकाउँछु
यो संसारले भुलेका पाठ्हरु ।।

बाटो बाटोमा कुल्चिएका फूलहरु
मरी मरी पनि सुगन्ध छर्ने तिनका परार्थहरु
झरीले कुट्दापनि विचलित नहुने धैर्यताहरु
हावाले उडाउँदा पनि नमेटिने तिनका कणहरु
आउ आज तिमीलाई म गाउन सिकाउँछु
कर्तव्यबोधका केही पाठ्हरु ।।

भुलिदेउ इतिहासका गाथाहरु
मानवले रचेका ति नरसंहारहरु
थुनिदेउ खुकुरी त्यो थन्क्याइएको दापमा
जलाइदेउ पालिराखेको आडम्बरहरु
आउ तिमीलाई म गाउन सिकाउँछु
बुद्द्दका हराएका आवाजहरु ।।

2 comments:

nirmala mani adhikary said...

Dear Rajan,
Keep it up. I am regularly reading your blogs.

rajankathet said...

Thank You Sir