Thursday, April 2, 2009

स्प्रिङ्गउड- एउटा अपुरो प्रयास

कुरा चाँही थर्ड सेमेस्टर को नै हो । जिउमा जोस जाँगर थियो तर पनि देखाउन ठाँउ मिलिराखेको थिएन । एक्कासी बिजेन श्रेश्ठ (राम्री)बाट थाहा भयो कि 'स्प्रिङ्गउड'ले बिज्ञापन कम्पिटिसन गराउँदैछ भनेर । हामी क्लासका सब जना केटाहरु यो कुरा सुनेर तात्तिहाल्योउँ । अनी सुजो न बुझो भनेजस्तै म (राजन), प्रेम, बिजेन, नसिब, शैल, अनुग्र (ENE), अमोल, रतन र शेखर 'स्प्रिङ्गवूड'को शोपिङ कम्प्लेक्स तिर लाग्योउँ । काठमाडौं मल, वोर्ल्ड ट्रेड सेन्टर इत्यादिमा शूटिङ गर्न उचित ठाउँ नपाएपछी अरु ठाउँ खोज्दै जाँदा थापाथलीमा सबैको मन गड्यो । त्याहाँ कुरा गरेपछी थाहा भयो स्विकृतिको लागि कलेजबाट एउटा चिट्ठी ल्याउनुपर्ने रैछ भनेर । हाम्रो त्यो जत्था घोसे मुन्टो लाउँदै फेरी धुलिखेल फर्कन वाध्य भयो ।

केही दिन पछी सोही जत्था (बिजेन बाहेक ) थप दुईजना साथीहरु (अमिसा र शिक्छ्या)को साथमा थापाथली रवाना भयो । सबैको लागि यो नयाँ काम भएकाले हिच्किचाहट पनि नभएको चाँहीँ होइन । फेरी हाम्रो केटा मोडल नसिबलाई हतपत्त लुगा नै फिट भएनन् । बल्लतल्ल ३-४ घण्टा पछी त्याहाँको काम फत्ते भयो । बाँकी शुटिङ हामीले केयू नजिकैको खर्पुको गल्लितिर गर्ने बिचार गर्‍योउँ । अनी बसमा फर्किँदै गर्दा थाहा भयो 'बिज्ञापन कम्पिटिसन' त क्यान्सिल भइसकेको रहेछ । त्यही भएर बिजेनले आउनको लागि कर पनि गरेन । एसपछी त्यो शुटिङ्को RAW video एत्तिकै थन्केर बस्यो कम्प्युटरमा । र आज त्यो शूटिङ भएको ४-५ महिना पछी अपुरै भएपनि यता-उता मिलाएर यो भिडियो finalize गर्ने जमर्को गरेका छउँ ।।

1 comment:

आकार said...

सोल्टा प्रयास राम्रो छ !
तर भिडियो चाँहि किन ब्लगमा नराखेको ???
त्यो युट्युब बाट कोड कपि गरेर, ब्लगकै पोष्ट मा राखन भिडियो पनि !