Sunday, April 26, 2009

श्रेष्ठ मानव

उता फूलमा पुतली रस चुसिरहेको छ
बाँच्नका निम्ती,
यता म राँगाको मासु लुछिरहेको छु,
बाँच्नकै निम्ती,
फरक यत्ति हो-
ऊ पीडा नदियी खान्छ,
म मारेर खान्छु ।

सडकको भिखारी फोहोरको थुप्रोबाट खाइरहेछ
बाँच्नका लागि संघर्ष गरिरहेछ,
म महंगो कलेज धाइरहेछु,
आखिर संघर्ष नै गरिरहेछु ।
न मान्छेलाई उस्को सुर्ता छ,
न कसैलाई मेरै वास्ता छ,
फरक यत्ति हो-
ऊ बाहिरबाट फोहोर देखिन्छ,
म बाहिरबाट सुकिलो देखिन्छु ।।

थाहा छैन अरुको श्रेणिमा मान्छे कहाँ छ?
तर आँफैले आफुलाई भन्दा ऊ-
एक सर्वश्रेष्ठ प्राणी ।
न लाम्खुट्टे परजिवी हो,
न म सर्वश्रेस्ठ,
त्यसैले अब म बाँच्न बाँच्दिन,
बाँच्नु को अर्थ बाँच्नु रहेनछ ।।

----इतिश्री----

2 comments:

आकार said...

एकदम सहि छ यार !

Shekhar said...

वर्तमान मानव-समाजको सत्य चित्रण ।