Monday, May 4, 2009

संसार भुलाउँछु


आँखाहरु त्येसै त्येसै पल्टिन खोजिरहेछन्
हिजोका शिखर चढ्ने जोसहरु न्यानो कम्मलमुनी छन्
एक्लो निर्बल छु म आज बाँकी संसार सबल दौडिरहेछ
छेउका एक रास किताबले आज सार्है गिज्याइरहेछन् ।

आफ्नै आँखाका तेजलाई पनि इख जस्तो देख्छु
संसार एक्लै जित्न खोज्छु
तर आज खोइ केले हो खुट्टा तानिरहेछ
सोच बोधो भएको छ
शरिर बोधो भएको छ
आज,
संगै रम्ने साथीलाई पनि बिख जस्तो देक्छु ।

रोकियिँदैन योगेश बैध्य पनि
'सपना भुलाई सारा' कराइ रहेछ बारबार
शिथिल पारी सक्यो यो आवाजले ,
चम्किलो बत्ती निभाएर फेरी यही आवाजलाई गुन्जाउँछु म,
अनि मधुरो प्रकाश भित्र म तिम्रो तस्विर झिक्छु
मुस्काउँछु,
हाँस्छु,
रमाउँछु,
अनि संसार भुलाउँछु ।।

2 comments:

शेखर के सी said...

कवितामा वितेका क्षंणहरुको झिल्का छ जसले तिमलाई टाइम टाइममा पलिरहेको जस्तो लाग्यो ।

ramita said...

thaha6 malai pani kahelay kahi testai hun6 so malai ta poem sarai maan paryo. la la asari sabailai milnay poem laykha la all the best