Thursday, May 7, 2009

साईबर संसारसँग गुनासो

अल्छि लागेको बेला
एसैको साथ हुन्छु म
कहिले यो सँग हाँस्दै
कहिले शान्त,
कहिले अशान्त,
मेरो हरपल को साथी
साईबर सन्सार ।।

यो कसैको भेदभाव गर्दैन
च्यान्टी, मोटी, हिस्सी, सुन्दरी, कुरुप
सबैलाई समेटेको छ एस्ले,
समाजमा छुट्टै भाउ दिएको छ तिनलाई,
जोसुकै एस्को अवसर प्रयोग गर्न सक्छन्
छोटा छोटा लुगा लाउने बानी छ भने ।।

समाजमा नारीवाद जति नै चर्क्योस्,
भेदभावका कुरा जति नै उठुन्,
नेपाली नारी कल्पिँदा
एउटा भद्र नारी,
एउटा सुशिल नारी
ओहोरदोहोर गर्छिन
मेरो मानसपटलमा,
जो रातको ठमेलसँग अपरीचित छिन्,
र, जसमा प्रशस्तै छन्
कता कता लाजहरु,
आमामा हुनेपर्ने गुनहरु,
किनभने पेट भोको हुँदा कहिले काहीँ
मन भर्न आमा चाहिन्छ ।

फेरी विषय वस्तुमा प्रवेश गर्दा
त्यही साईबर सन्सार ,
मोडलिङ् कला मान्छ एसले
तर कतै देख्दिन म
कलाको व्यापार भईरहेको ।।

3 comments:

The global journlalist said...

Cybersansar.com is one of my favorite site because there i get to see the models and the article that are written in very touchy and expressive manner.

आकार said...

nice expression... if cyber sansar doesn't came in that way, then why we go to cybersansar...hehehe

rajankathet said...

Shekhar: timilaai cybersansar kina man parchha bhanne chartikalaa ta asti lab ma nai dekhai halyou ni solta... hahaha
Aakar: hami cybersansar ma kalaa herna jadainou... Kalaa ko herna janchou... ki kaso???