Saturday, May 16, 2009

सहयात्री !

तिमीलाई लिएर यात्रा गरिरहेको म
यो जन्जाल देखी थाकेको तिम्रो शिरलाई
मेरो काँधमा अडाएर म यो गाडीसँगै
अघी बढीरहन्छु ।।

यो साँघुरोपन देखि बाफिएको तिम्रो शरीर
र, तिम्रो निदारमा फुटेका ति पसिनाका ढिकाहरुलाई
शितल सासले फुकिदिँदै,
पुछिदिँदै
अनि साहारा नपाएर लत्रिएका
तिम्रा ति कोरिएका हातलाई
मेरो हातले थामेर
एकै गतिमा गुड्न नजान्ने यो गाडीसँगै
अघी बढीरहन्छु ।।

तिम्रै शिरदेखी झरेर
तिम्रै कोमल गाला घोचिरहेका
ति कपालहरुलाई
तिम्रो कान पछाडि सिउरिदिएर
घरीघरी पल्टिन खोजिरहने यो गाडीसँगै
अघी बढीरहन्छु ।।

तिमी बिउँझदा
तिमीले आफ्नो हिँजो बिर्सिसकेकी हुनेछौ,
तिम्रा शरीरका घाउहरु
टालिँदै गरेका हुनेछन् ,
त्यो झ्यालबाट शितल हावा छिर्दा
तिमी मन्द हावामा खेलिरहेको
सुन्दर फूलजस्तै देखिनेछ्यौ ,
फेरी तिमी हाँस्न थाल्नेछ्यौ,
नाच्न थाल्नेछ्यौ,
र त्यो शितल हावा मै हुनेछु,
अनि तिमी
-मेरी प्रेमिका !

4 comments:

Sumati said...

nice one......hmm intresting......i like the last stanza....esp the last three lines.....good job!!!

ईशान said...

राम्रो छ !

Eternal said...

Oh wat a beautiful poem....enjoyed reading...

rakshya said...

the other part of you............