Wednesday, May 27, 2009

रेडियो नेपाल : एउटा छुट्टै अनुभव

"टुँट् टुँट् टुँट् टुँट् टुँ........ यो रेडियो नेपाल हो ।" कखरा पनि सुरु नगर्दै यो धुन र शब्दसँग म राम्रैसित परीचित भैसकेको थिएँ । म दिनहुँ हजुरबुवाको रेडियोमा सुन्थेँ -यो रेडियो नेपाल हो । मैले रेडियो नेपाललाई छोडेको धेरै वर्ष भैसक्यो । अब त्यो धुन, त्यो आवाज सुन्दा मलाई मेरो बाल्यकालको याद आउला । हजुरबुवासँग भैँसी र भेडा हेर्न गएका ति पुराना दिनका याद आउलान् । थाहा छैन यो धुन अहिले बज्छ कि बज्दैन । दिनहुँ फैलिँदो र बढ्दो नयाँ-नयाँ प्रविधिको युगमा यो धेरै पछाडि परिसकेको छ ।

सिँह दरबारको गेट हुँदै रेडियो नेपाल परिसर छिर्न पाउनु चानचुने कुरा हैन रहेछ । याँ छिर्न माथि/भित्र बाट अनुमति चाहिँदो रहेछ । काठमाडौं विश्वविद्यालयमा मिडिया स्टडीज अध्ययनरत हामी पहिलो र दोस्रो बर्षका विद्यार्थीहरु स्थलगत अध्ययनका लागि केही दिनअघि रेडियो नेपालको कार्यालय पुगेका थियौँ । रेडियो नेपाल परिसर नपुग्दै म दिमागमा कुरा खेलाइरहेको थिएँ । म कल्पना गर्नमिडिया स्टडिज दोस्रो वर्षका हामी सप्त नालायकहरु, एउटा नालायक चाँहीँ absent थ्यो थालेँ - "सिँह दरबारभित्र बिचै बाटोमा पान चपाएर थुक्दै गरेको एक पुरुष, भुइँमा थ्याच्च बसेर नाक कोट्याइरहेकी एक महिला, नजिकैको चउरमा गलैँचामाथि तास खेलिरहेका एक हुल मानिस, नजिकै एक अर्काको कठालो समातेर लुछालुछ गर्न लागेका युवाहरु ----- सबै सँग परिचय माग्दा 'सभासद' उत्तर .......।" कस्तो फन्टुश बिचार खेलाइरहेको रहेछु म । त्यही भएर कहिले काहीँ एक्लै हिँड्दा पनि हाँस्ने गर्छु । थाहा छैन अहिले सम्म कति जनाले पागल भने मलाई ।

फोटोहरु लिँदै हिँडेपनि दिमागमा कुरा खेल्न छोडेनन् । रेडियो नेपाल परिसर जति नजिक आउन थाल्यो उतिनै सँगम सिल्पकार फोटो लिएजसो गर्दै...... हाहाहा  बिचारका भेलहरु उर्लिन थाले साथीहरुले भन्ने गरेको यो फोहोरी दिमागमा । "प्रेमध्वोज, नारायण गोपालहरुले स्वोर परिक्षा दिदाँ प्रयोग गरेका पुराना माइकहरु, अब धुलियाले खाई नै सकेका हार्मोनियमहरु इत्यादी, इत्यादी" को म कल्पना गरिरहेको थिएँ । किन किन "रेडियो नेपाल"- यो सुन्ने बित्तिकै पुरानो युग, पुरानो जमाना, पुरानो सामान यस्तै यस्तै थोत्रा थात्री कुरा आउँछन् दिमागमा । तर ठ्याक्कै उल्टो सोचेछु । एस्का कक्षहरु युगानुसार नै अपडेट भइरहेका रहेछन् । सरकारी भनेर अपहेलना गर्ने समय भइहालेको चाहीँ रहेनछ (हा हा हा ) ।

अहिले सार्है नमीठोसित खिचडिएको साङ्गीतिक युगमा हुर्केको मलाई रेडियो नेपाल छिर्ने बित्तिकै तिनै नेपाली सङ्गित भनेर गर्व गर्न मिल्ने कालजयी सङ्गितको आभास हुन थाल्यो । नारायणगोपाल, नातिकाजी, तारादेवीका फोटाहरुले मलाई स्वागत गरेर त्यही माहोलको बातावरणमा भिजाइदिये केही बेर । एक कक्षमा एकजना शारिरिक रुपमा अपाङ्ग मानिस हार्मोनिउम बजाएर तिनै अमर नेपाली सङ्गितको आभास महसुस गरिरहेका थिए र गराइरहेका थिए । शारिरिक रुपमा अशक्त मानिसलाई कम्जोर भन्न नमिल्ने रहेछ । रेडियो नेपाल त्यही थलो हो, त्यही प्लेटफर्म हो जस्ले सङ्गित, सुर र रागका असली खानीहरुलाई स्थापित गरायो । अहिले पनि नेपाली सङ्गितको मोल निर्धारण गर्ने अधिकार रेडियो नेपालमा नै भइराखेको भए हामीले कारुणिक र हृदयस्पर्शी आवाजहरुको खोजी गर्ने क्रममा वैदेशिक सँस्कृतिलाई अँगाल्नु पर्दैनथ्यो होला ।

रेडियो नेपालभित्र केही घण्टाको स्थलगत अध्ययनपछि बाहिर निक्लिन सुरसार गर्ने क्रममा एउटा सुमधुर सङ्गित, शब्द र स्वोरले मलाई तान्न खोजिरह्यो, निशब्द तुल्याउन प्रयास गरिरह्यो । रविन शर्माले गाएको देवकोटाको "यात्री- कुन मन्दिरमा जान्छौ यात्री" गुन्जिरहेको थियो कतै नजिकै- तर त्यही परिसर भित्र । र म तिनै मानिसबिचबाट आफ्नो बाटो तताउन थालेँ जो २३ घण्टा मन्दिर कुल्चेर १ घण्टा मन्दिर ढोग्न जान्छन् ।

Media Studies- 4th sem,

4 comments:

रातोखाम (eShanG) said...

मलाई राजनले लेखेको लेखमा यो सबभन्दा बढि मन पर्यो, यसमा अनुभव र साहित्यको तालमेल निकै राम्रो छ । फेरि पनि यस्तै अनुभवहरु हामी सँग साट्छौ भन्ने आशा लिइको छु !

OP said...

स्थलगत अध्ययनको येथार्त परक शैली र तेसको प्रस्तुतीकरण राम्रो लाग्यो

nirmala mani adhikary said...

लेखाइ राम्रो छ । पढ्न सुरु गरेपछि पूरै पढ्न मन लाग्नेखालको छ । तर रेडियो नेपाल भित्रको विवरण कम भयो ।

Eternal said...

Nice reading...
Radio Nepal is fantastic as always... My first visit to it is as memorable as yours...but now its a daily routine ;(...

Nice to know you and your blog...