Friday, August 7, 2009

आमाभूमि

भिँडबिच नगनिएको बेला,
हीनताले गर्दा थाकेको बेला,
अनि भित्र बलिरहेको रापले पाकेको बेला,
हाँसेको जस्तो छु भनेपनि
भित्र भित्रै रुँदो रैछु म,
जति टाढै भागे पनि
आमाको काख बिना चुँ'दो रैछु म ।।

दरिद्रताबाट टाढा भाग्दा भाग्दै
झन् दरिद्र भइसकेछु म,
मीठो आहारा खोज्न आएको
एउटा प्रवासी नेपाली,
अब थाप्लो धेरै खिएपछि
सयल खोज्दै आएको भरिया,
कति चिसो माटो यहाँको ?
यो भन्दा बढी अब चिसो हुन चाहन्नँ,
सुन टेकेर आखिर न्यानो नहुँदो रैछु म,
छातीको देश मेट्न खोज्दा चुँ'दो रैछु म ।।

2 comments:

bishal said...

khatra hai!
timile lekheko padhna asadhai ramailo lagchha!

Eternal said...

Ramro cha...