Tuesday, December 29, 2009

3 Idiots

3 Idiots- The sense of humor of Writer/ Director Rajkumar Hirani and Abhijat Joshi is a must to compliment. They have done such a tremendous job. Direction by Hirani is perfect. All the actors have done such a commendable job. Boman Irani, known as ViruS in the movie, I believe, have overpowered all actors even the likes of Amir Khan. He is such a superb character. In fact, he is such a great discovery by Rajkumar Hirani.

This movie has given a super-blow to the traditional education system that favors WHAT IS THERE IN THE COURSE and

Friday, December 25, 2009

मेरो जीवनको छायाँ

म हाँस्दा
हाँसिरहेकी हुन्थ्यौ म सँगसँगै,
म रुँदा हराएकी हुन्थ्यौ मबाट,
डुबाइराखेर मलाई
-----------------------
---------------------
आँसुमा ।



एक्लै हुन्थेँ झरीले चुट्दा,
एक्लै हुन्थेँ घामले पोल्दा,

Wednesday, December 23, 2009

साइकल ट्रयाक

Read from Kantipur

पुस ६ मा 'चौतारी' मा छापिएको जिष्णु सुवेदीको 'आकासे साइकल ट्रयाक' मा प्रस्तुत भएको काठमाडौं सहरको अवस्था र साइकलको सार्थकताको खुलेर प्रशंसा गर्न चाहन्छु । गरिब यात्रुको यानको रूपमा नेपाली समाजमा चिनिएको 'साइकल' समय सान्दर्भिक साधन हो । साइकलको प्रयोग आर्थिक अवस्थाको संकेतमात्र नभएर वातावरणीय चेतनाको सूचक हो ।

म 'काठमाडौं साइकल सिटी २०२०' को अभियानकर्ता हुँ । मैले साइकल चलाउन थालेको ३ महिनाभन्दा बेसी भइसक्यो । मलाई यो अवधिमा साइकल हुइँक्याउन काठमाडौंका सडक कहिल्यै साँगुरा लागेनन् । साँगुरो त यहाँको मन छ । केही दिन सडकमा सामान्य बानी बसाएपछि साइकल राम्रोसित कुदाउन सकिन्छ । त्यसपछि न जीउ दुख्छ न सडक साँगुरो लाग्छ र न त गन्तव्य नै टाढा लाग्छ । यी त बाहनामात्रै हुन् ।

- राजन कठेत
काठमाडौं

___________________________

साइकल डायरी



१५ नोभेम्बर, २००९

एक हातमा लड्डु


‘दुवै हातमा लड्डु’ भाग्य हो । जीवन होईन । यथार्थमा एक हातमा उर्जा थप्दा अर्कोको काम थाँती नै रहँदो रै’छ । यही अवस्थाबाट गुज्रिरहेको छु म अहिले । एकातिर काठमाडौँ विश्वविद्यालय र अर्कोतिर इच्छा-जोस्-सपना । यी कुनैमा मेरो नियमितता छैन । अलिअलि फुस्काइरहेको छु दुवैलाई । फुस्काउनु मेरो बाध्यता हो । दुवैको सफलता असाधारण क्षमताको फल हो, जुन् ममा छैन ।

भारत मेरो पनि मित्र हो । तर भारतको म (नेपाल) प्रतिको हेराइ मेरो दुश्मन हो । यो हेराइलाई म घृणा गर्छु । भारतले सीमा नमिचेको भए ‘काठमाडौँ साइकल सिटी २०२०’ जन्मिने थिएन । सहयोगका नाममा अधिकार जमाउने दुष्प्रयास नगरेको भए आज ‘मोटरसाइकल’ मेरो बाहन भइसकेको हुने थियो । मनोज पण्डितले ‘ग्रेटर नेपाल’ नबनाएको भए यो विषयमा म त्यति सचेत हुने थिईँन । ग्रेटर नेपाल हेरेँ । गाँठी कुरो बुझेँ । रगत पनि उम्ल्यो । र, कतै कुनामा खड्किरहेको

Monday, December 7, 2009

यो बखत

बनेपाको मुलसडक छेउ, केही घरको सामुन्ने, फोहोरको थुप्रो हाँसिरहेको छ सारा बासीहरूलाई गिज्याउँदै । सारा यात्रुहरूको ध्यानाकर्षण गर्दै । राष्ट्रको उँधौली र बर्बादीको संकेत गर्दै । अनि डुङ्गुर छेवैमा सानो टिनको टुक्रा एउटा गाडिएको लठ्ठीमाथि मस्तसित संकेत गरिरहेको छ- “यहाँ फोहोर फाल्ने कुक्कुर हो । ” केही अक्षरहरुमाथि फोहोर लत्पतिएको छ पढ्नै मुश्किल बनाउने गरी । यसको मतलब त्यो टिन झुन्ड्याइएपछि पनि फरक परेन । टिनको ठाउँमा एउटा ढुङ्गा गाडेर अबिर र फूल चढाएको भए नेपाली मन पग्लीहाल्थ्यो ।

टिनमा गरिएको सङ्केत हाम्रो आधुनिक नेपाली सभ्यता हो । हामीलाई बानी परेको हाम्रो व्यहोरा हो । हामी रिस, आवेग, विरोध आदिलाई यसरी नै प्रस्तुत गर्छौँ । यहाँ न कसैलाई फुर्सद छ

Thursday, December 3, 2009

Eco-friendly cycles- Letters to the Editor

Read fromThe Kathmandu Post

Anil Bhattarai’s article on eco-friendly bicycles is not just a good read but also practical (“It’s embarrassingly simple,” Dec.1, Page 6). I, time and again, have been in Cold War with my friends on the feasibility of this go-green-ride in the Kathmandu Valley. They say it is improper and inappropriate in modern Kathmandu. They even blame the topography and the narrow roads without bicycle lanes for why they cannot pedal around.

It has been almost one-and-a-half month since I started cycling. This experience has