Friday, December 25, 2009

मेरो जीवनको छायाँ

म हाँस्दा
हाँसिरहेकी हुन्थ्यौ म सँगसँगै,
म रुँदा हराएकी हुन्थ्यौ मबाट,
डुबाइराखेर मलाई
-----------------------
---------------------
आँसुमा ।



एक्लै हुन्थेँ झरीले चुट्दा,
एक्लै हुन्थेँ घामले पोल्दा,
छहारीमा मात्र आउँथ्यौ तिमी
मेरो न्यानोपन साट्न ।
मेरो चौतारीको वर ढलेपछि
बिलाई जान्थ्यौ मबाट
--------------------------
-------------------------
फेरी अर्कै छहारीमा ।



तिमी छायाँ थियौ मेरो जीवनको,
ममा प्रकाश पर्दा आउँथ्यौ
----------------------
टुप्लुक्क ।


‘त्यो’ रहुन्जेल सँगै हुन्थ्यौ ।
अनि,
‘त्यो’ हटेपछि
फेरी बिलाउँथ्यौ
उसरी नै
---------------------------
टुप्लुक्क ।


फेरी मेरो निस्पट् अँध्यारो
-------------------------
मलाई नै सुम्पेर ।।


**********
(राजन कठेत
डिसेम्बर २५, २००९)


*****

No comments: