Friday, January 1, 2010

रेलैमा

- बबिन बज्राचार्य


हिमालको काखमा
लालीगुराँस फुल्छ जहाँ

डाँफे मुनाल नाच्छन् त्याहाँ
जाउँ है साथी रैलैमा
रेलैमा हो रेलैमा

देवहरू बस्छन् जहाँ
सत्यता छन् आँखा जहाँ
प्रेम र शान्ति छ त्यहाँ
जाउँ है साथी रैलैमा
रेलैमा हो रेलैमा

आमाको न्यानो माया
सम्झी सम्झी रुन्छ मन
आमाको न्यानो माया
सम्झी जाउँ है रेलैमा
रेलैमा हो रेलैमा

No comments: