Monday, July 26, 2010

सोला

आकाश चिच्याइ सोला हान्दा
यो मुटुको जगतिर
थथर्केर छिल्लबिल्ल यै मन त थियो ।
तिमीलाई झिक्छुभन्दा
मन्दिरको कुनाबाट
चिरिएर यो छातिलाई पोल्नु नै त थियो ।
दुनियाँको तमासा भै
पाटीपौवा ढल्मलिँदा
मनमा भने राँको बाल्ने यहि पागल त थियो ।

धरतीले चक्कर काट्दा
शिथिल यो शिरबाट
नक्षत्र भै तिमी आउनु यै माया त थियो ।
अन्तिम वाक्य यो प्राणको
तेई हातमा सुम्पिदिँदा
टिलपिल टिलपिल आँखा हुने तिमी नै त थियौ ।
पर गई ठोक्किएर
धुन छर्दै जीर्ण हुँदा
तार छिन्ने यो मनको तेई बाजा त थियो ।

तिमीलाई झिक्छुभन्दा
मन्दिरको कुनाबाट
चिरिएर यो छातिलाई पोल्नु नै त थियो ।

*******

(Deprivations when work in your side, you are said to be blessed!)

25 July 2010, Sunday …….. 11pm

1 comment:

Sweta said...

शिथिल यो शिरबाट
नक्षत्र भै तिमी आउनु यै माया त थियो ।

....

Rajan... I don't know how I missed to read this poem which you had written a year before. This is really really very beautiful poem. I am crazily reading it aloud for some tenth time now..