Sunday, September 19, 2010

तारा फुल्ने आकाशमुनि

तारा फुल्ने आकाशमुनि
जूनकीरीले धिपधिप गर्छन्
सलेदोको मधुरोमा
बालहरु निदाउँछन्
खरानीको टिको ओढाई
भूत भगाइदिन्छिन् आमा
अनि न्यानो काखमा लुट्पुटिन्छ
मेरो सानो प्यारो देश ।

सुन फल्ने धरतीमा

घना बादल छाइदिन्छ
शान्ति फल्ने पातमुनि
वैरीको तीर् घोचिदिन्छ
देश गाउने बालभित्र खोई
 को पस्छ को पस्छ
अनि बाँसघारीमै कुरिबस्छिन्
चिरिएकी मेरी बूढी आमा ।

एक सप्को शिरमाथि
असिनाले चुटिरन्छन्
बाटो हेरी बाँसघारी
केशहरू फुलिरन्छन्
ज्योतिहरू निक्लिसके
ती आमाको आँखाबाट
तर चुँडिएको मुटु आउँदैन
आमाको फाटेको छाती सिउन ।

शनिबार, सेप्टेम्बर ११, २०१०

__________________________________

No comments: