Saturday, November 20, 2010

अन्तिम रहर

आफूभित्र सल्काइदेउ त्यो अँध्यारो
निस्पट्टतामा आफू सल्किनु हैन
फैलिएर फाटोस् त्यो ज्योतिका सम्मुख
एकान्तमा गुफा बुन्ने च्यातिदेउ रहर

खोई तिमी अनि खोई तिम्रो बयली
के यो पवन मलाई मात्र स्पर्श गर्छ
कि थुनिबस्छौ तिमी झ्यालढोकाहरू
धिपिक धिपिक नबनाउ झिलमिल तिम्रो शहर

हेर त पारी त्यो झुपडीमा
कस्तो टुकीभित्र त्यो बलिरहेको जस्तो
म त ताराहरू लिएर आउँदैछु तिम्रो वनभित्र
तिम्रो सङ्घार बालिदिन आफैँ भुल्ने अन्तिम रहर ।


- राजन कठेत
नभेम्बर १८, २०१०, बिहीबार

No comments: