Friday, November 26, 2010

'धूपी, सल्ला र लाली गुँरासको फेदमा' चुहिँदै पारिजात

- राजन कठेत 
आज पारिजातलाई दोस्रो चोटी पढेँ केही वर्ष अघि 'शिरिषको फूल' पढेको थिएँ आफूलाई विषालू सुनगाभा भनिटोपल्ने सकम्बरीको चित्र अमेट बनेर छिपिएको यो मष्तिस्कमा भन्नेहरुले शङ्कर लामिछानेको भूमिकाले 'शिरिषको फूल' मजबुत भएको हो भनिटोपल्दारहेछन् तर मैले पढेको 'पारिजातका सङ्कलित रचनाहरु' मा भूमिका थिएन 'शिरिषको फूल'को भूमिका धेरै पछि काठमाडौँ विश्वविद्यालयको पुस्तकालयमा पढेँ   कसैले रङ्गिन कसैले साधा देख्ने यो संसारलाई 'शिरिषको फूल'ले हुन्डरीमा बलिरहेको दियोको प्रतिमूर्तिको रूपमा प्रस्तुत गरेको 'शिरिषको फूल'ले मानवहृदयमा नैराश्यताको बीजारोपण गरिदिन प्रयास गरेतापनि गोविन्द भट्टले भनेझैँ यो कागजको फूल चाहिँ बनेको छैन यो उपन्यास मेरो लागि पल्लो साहित्यिक कोटीमा सधैँका लागि दर्ता लाग्छ, पारिजातले आफ्नो अव्यक्त शारीरिक मानसिक कुण्ठालाई सकम्बरीमार्फत नङ्ग्याइदिइन्  

"जे होस् कठिन अवस्था हो बाल्यकाल, शासित, अनुशासित जुनबेला स्वतन्त्रता पाउन ठूलो मान्छे
हुन
मनपर्छ, तन्केर दलीन छुन मनलाग्छ, ठूला मान्छेहरुका लुगा, टोपी, सेण्डल लाएर हामी आफ्नो भित्री इच्छाको रहर मेट्छौँ। पुतली खेल्दा आमा-बाबु हुन मनलाग्छ, हक चलाउन मनलाग्छ, अर्ति दिन मनलाग्छ "

केही दिन अघि 'धूपी, सल्ला लाली गुँरासको फेदमा' पढेँ लाग्यो पारिजातलाई झनै नगिचबाट देख्दैछु जीवनबाट तिरस्कृत पारिजात पारिजातले तिरस्कार गरेको जीवन कसरी तँगारो बनेका छन् एकअर्काको पारिजात आफूलाई एउटा कुवा देख्छिन् जहाँ कुराहरू लेपस्सिरहन्छन्, गुम्सिरहन्छन्, टाँसिइबस्छन् लेउजस्तै यी लेउका पहाडमाथि आँसुका कति सागर बगे, कति भेलहरू ओर्लिए तर बगाएर लान सकेनन् झनै मलजल थप्ने काम मात्र गरे  

कलम नचलुन्जेल पारिजातले मनभित्र फैलँदो पिरलो संसार आँधीबेरीलाई अँधेरी रातको एकान्तमा चुहाउँदै समय बाँच्थिन् पूरै पोखाइदिन भने निष्क्रिय नै रहिन् उनलाई सागर बन्ने इच्छा सुकन्या जस्तै तर लेउसरीको कुवा उनको बाध्यता हो बाध्यताभित्रको उद्देश्यहीन संघर्ष नै उनको जीवनको अपरिहार्यता हो अस्वस्थ बोझिलो शरीर मानसिक तनाव नै पारिजातले स्वीकारेको जीवन हो आत्मपीडा नै उनको जीवनको स्वीकारोक्ति हो

"इष्टदेउता छैन, कुलदेउता छैन, ईश्वर छैन, परम्परा छैन, ढोकादेखि उदाङ्गो घर गृहस्थीको नाउँमा त्यहाँ केही मान्छेहरू छन् बस् आमाको मृत्युपछि बुद्ध कोन्ज्योसोमका मूर्तिहरुलाई लातले हिर्काएर ल्हासेमबाट ओह्रालिसके बाबुले सुंगुरको मासु घरभित्र हुल्न नहुने तामङ परिवारले तर त्यस दिन सुंगुरको मासु पकाएर खाए आदिम हो वा आधुनिक उत्सव मनाए जल चढाउने कचौरामा अब दाल तिहुन खाइन्छ भान्सामा अरुको घर गएर आउँदा आफ्नो घर रित्तो-रित्तो लाग्छ "

'धूपी, सल्ला लाली गुँरासको फेदमा' संस्मरण मार्फत पाठकसामु उभिँदा आफू नाङ्गिँदै गएको अनुभूति गर्छिन् पारिजात यो उपन्यासमार्फत जीवनका उतारचढाउलाई उनले थोरै कोट्याउन मात्र सकेकी छिन् पूरै उक्काउन असमर्थ रहेको गुनासो आफैँ पोख्छिन् उनी यो संस्मरण उनको बाल्यकालको सानो ऐनाझ्यालमात्र हो

बालाखाको आत्मिय प्रकृति, आमाबिनाको घर, बाबुको डर माया, परिवारभित्रका मृत्युहरू, उनका अगाडि पहाड लागेका समस्याहरू, काँध ताकेर आएका व्यवहारिक बोझहरू, बैँसको असफल प्रेम भ्रम अनि अस्वस्थ बोझिलो शरीरको झीनू आकृति हो 'धूपी, सल्ला लाली गुँरासको फेदमा' पारिजातले यस संस्मरणमार्फत उनका स्नेही पाठकहरुलाई आफ्नो पीडादायी बाल्यकालसँग साक्षात्कर गराउन खोजेकी छिन् यो उनले काटेको कालो हिँजोको विचरण मात्र हो उनले कुनैपनि कुनाबाट पाठकमा दर्शन छाँट्न प्रयास गरेकी छैनन् आफूभित्र चलेको आँधीबेरीलाई पाठकसामु पस्केकी छिन्, जुन प्रयास कलाको सही परिभाषा बोध हो जस्तो लाग्छ मलाई     
 

"विगत कहिले पनि कुनै पनि क्षणमा साथी हुँदैन मलाई, कति निष्क्रिय, अनावश्यक, मूर्ख दुखद घटनाहरु, गल्तीहरू दोहोरिन्छन् एकाएक, जुन कुराहरु संशोधन हुने होइनन् जीवनमा वर्तमान बनाउन चाहन्छु यसमा सार्थकता हुन्छ बाँच्नुको "


.३० .एम्.
सेप्टेम्बर २१, २०१०

***********

No comments: