Tuesday, January 4, 2011

रानी

बिहान बिहान
पीठ्यूँमा सुन र चाँदी बिच्छ्याइएको हाती
उसलाई लिन आउँथ्यो ।
ऊ त्यो हातीमा चढेर
सहरको सयर गर्न निक्लिन्थी ।

राती राती

त्यही हातीको माउतेसँग
उसको रात कट्थ्यो रे ।

तर,
यी कुराहरू
उसका पीठ्यूँपछाडि हुन्थे ।

१० करोडका अगाडि त
ऊ राष्ट्रकी रानी थिई ।
कैयौँ युद्दमा लडिसकेकी ।
लाखौँ दुश्मनहरूलाई परास्त गरिसकेकी ।।

******

- राजन कठेत
७.३० बजे, सोमबार, जनवरी ३, २०११
काठमाडौँ


******

No comments: