Wednesday, January 12, 2011

ए! नतान् न मलाई

मलाई त्यो आकाशमा विचरण गराउने कुरा नगर तँ
तँ ठोकिने क्षितिज त मैले देखिसकेको छु ।
तँ वायुमा उडेको कुरा गर्छस्
तर तलाईँ स्वयम थाहा छ तँ
अड्किएको पहाड
जुन छिचोल्ने बाटो मैले चिनिसकेको छु ।

सिँघौरीबाट सुरु हुन्छ तेरो युद्द
न त आफू उड्न सक्छु भन्ने ज्ञान छ तँलाई
र मलाईँ जमिनमै शिर रगड्न भन्छस् तँ ।
भो सिक्दिन जा तेरो शत्रु उन्ने कला
मैले स्वच्छन्द भै उड्न सिकिसकेको छु ।

ए! नतान् न मलाई,
हेर त, मैले पर्खाल नाघिसकेको थेँ !
पर्खाल नाघ्न म तेरो पीठ्यूँमा चढ्नै पर्ने ?
तेरो पीठ्यूँमा चढ्न म तेरो पुच्छरमा घिस्रिनै पर्ने ?
ए! जानदे न मलाई त्यो कल्कलाउँदो नदीमा
म बग्न चाहन्छु पर पर
मैले म उत्रने किनार हिँजै पहिल्याइसकेको छु ।


- राजन कठेत
६ पि.एम्., बुधबार, जनवरी १२, २०११
 काठमाडौँ

********

No comments: