Thursday, February 7, 2013

मैले बाँच्न नपाएको युग


म जन्मिँदा वर्षात सुरु हुनै लागेको थियो …. रे
घरका छानाहरू धमाधम टालिन सुरु हुँदै थिए….. रे
खेतबारीहरू तिनका सुकेका ओठ खोल्दै हाँस्न खोज्दै थिए …… रे
जब म जन्मेँ, मैले एउटा उराठ खडेरी गुमाइसकेको थिएँ
त्यो खडेरीमा अनिकालले हाहाकार मच्चाएको थियो ….. रे
भोकमारीले बटारिएका जिउका आन्द्रात्यान्द्राहरू एकमुठी अन्नको सपना बुन्थे …. रे
त्यो काल भोग्नुपर्दा मानिसहरू आफूलाई श्रापित ठान्थे ……. रे

तर, मैले त्यो युगसँग साक्षात्कार हुन पाईँन,
मलाई पेटिभित्रै जेनतेन जोगाइछिन् मेरी आमाले,
रुखोसुखो जे भेटिन्छ त्यसैले मेरो आहारा गराइछिन्,
त्यही रुखोसुखोमा मौलाउने धोकोले छोप्दैछ आजभोली,
एउटा कहिल्यै पूरा हुन नसक्ने गुनासो रहिरहेनछ मभित्र …..
अफसोच !!!

 .........
काठमाडौं 
(फेब्रुवरी ७, २०१३)

No comments: