Thursday, March 7, 2013

कहाँ थियौ भुन्टी


पहिले,
वर्षातहरूले सधैँ रुझाएर गए
पाइला पाइलामा चिप्लिएँ एक्लै
चिसो भुइँमा लमतन्न परी हिलोसरी भएँ
त्यहीँमाथी आकाशले गर्ज्यो
चट्याँङले हान्यो
झरीले पिट्यो
ए मेरी भुन्टी,
कहाँ गाकी थियौ तिमी छाता लिएर,
म लड्दा थामिदिने हातहरू लुकाएर !

म त खरानी घस्नै लागेको थिएँ
बमबम बोले बक्दै कमन्डलुको शिरानी भिर्नै लागेको थिएँ 
जङगल र पाटीपौवाको बाटो भौतारिनै लागेको थिएँ
रङ्गीचङ्गी पहिरन फुकाल्दै थिएँ
पहेँलो वस्त्र भिर्दै थिएँ
एक्कासी रोक्न आयौ मलाई धेरै धेरै आश दिएर
धन्न टप्कियौ टायममै आकाशभन्दा वेशी माया लिएर,

ए भुन्टी,
किन आइनौ पहिल्यै मेरो लागी माया लिएर !

ठीकै छ,
ढिलाचाँडो आउन त आयौ,
यो सालको झरी आउनै लाग्यो,
एक्लै रुझ्ने छुइँन यो पाली,
लड्न लाग्ने तिम्रो हात समाउँछु,
ओढाउँछ्यौ हैन छाता हरेक साल !
बाँचुञ्ज्याल !!

मार्च ७, २०१३
काठमाडौँ

1 comment:

Anonymous said...

ma aaye. .aba sadhai sangai hunechu. .bachunjyaal nai. . :)