Monday, December 2, 2013

खासखास खुसखुस बजार

श्रीमान श्रीमती सुतेर
खुसखुस गर्ने सल्ला'
र,
चियाको कपबाट जन्मेर
माइकबाट हुर्किने हल्ला
मलाई मन पर्छ 


खोपडी फाटेर
गिदी तप्प तप्प चुहिएर

मगजी ढकन गुमाउन विवश
नग्नताले सजिएको बजार,
सस्तो लोकप्रिय़तामा
चम्केको मुहार
र, 
जाबो पचास थपडीको भरमा
सँसारको सारथी बन्न खोज्ने हजार,
यस्तो झिनो दुर्दशा बोकेर 
बाँचिरहेको यो बजार
मलाई मन पर्छ

......
मे २१, २०१३
राजन कठेत

No comments: